हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ गते मङ्गलवार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री लामाले प्रदेशसभा सचिवालयलाई नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि सदन आह्वान गरिदिन आग्रह गरेका छन् ।
मुख्यमन्त्री लामाको अनुरोध बमोजिम सभामुख भुवनकुमार पाठकले साउन १५ गते मङ्गलवार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् ।
नेपाली कांग्रेसको ३७ र एमालेको २७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका लामाले शनिवार १४ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए ।