हाइलेक्स गाडी खस्दा सुनकोशी नदीमा बेपत्ता भक्तपुरका ३ जनाको खोजी कार्य सुरु

22

सिन्धुली । मध्य पहाडी लोकमार्ग अन्तरगत सिन्धुलीमा एक निजी जीप सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य बिहानै देखि सुरु भएको छ ।

खोटाङ हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको इसुजु हाइलेक्स गाडी मध्येपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका १ कुडुले नजिकबाट सुनकोशी नदीमा हिजो साँझ खस्दा तीन यात्रु बेपत्ता भएका छन् ।

कारबाट हाम्फालेका भक्तपुर जगातीका २७ वर्षीय सुशान्त कक्षपतीकोसुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । कक्षपतीले नै घटनाबारे प्रहरीलाई जानकारी गराउनुभएको हो ।

सुनकोशी नदीमा खसेर वेपत्ता हुनेहरुमा भक्तपुर सुर्यविनायक नगरपालिका जगतीका अविन बडे, सोही ठाउँका प्रनित स्यागु र बलराम घटुवा छन् ।

दुर्घटना भएको खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गोताखोरसहित १० जनाको टोली खटिएको थियो ।

रातिका समयमा उद्दारमा कठिनाइ भएको थियो । आज बिहानैबाट गोताखोरले खोजी सुरू गरेको प्रहरीले जनाएको छ।