भक्तपुर । संयुक्त विद्यालय विकास मन्च (USDF) को आयोजनामा माध्यमिक तह र आधारभूत तह बीच छात्रहरुको अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०८१ सम्पन्न भएको छ !
उक्त फुटसल प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा ९ ताथलिको सरस्वति शिक्षा सदन स्कुल माध्यमिक र आधारभूत दुवै तहको खेलमा विजेता भएको छ !
माध्यमिक तह तर्फको फुटसलमा भक्तपुर नपा.को ग्लीटर फ्युचर स्कुलले द्धितीय स्थान र पारगान एकेडेमीले तृतीय स्थान पाउन सफल भएको थियो। साथै आधारभूत तह तर्फ भक्तपुर कमलविनायक स्थित पारागन एकेडेमीले द्धितीय स्थान र डेमोस स्कुलले तृतीय स्थान प्राप्त गरेको जानकारी (USDF) का अध्यक्ष श्रीराम सुवालले दिनु भयो ।
(USDF) का कोषाध्यक्ष राम प्रसाद खाताखोको संयोजनमा सम्पन्न अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०८१ मा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्न सफल विजेता खेलाडि विद्यार्थीहरुलाई प्रमुख अतिथि नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले शिल्ड प्रदान गर्नु भएको थियो !
संयुक्त विद्यालय विकास मन्च (USDF) का सचिव मुकेश योन्जनले यस्ता प्रकारका खेलले विद्यार्थीहरु पढाईको बोझबाट मुक्त भइ अझ अध्ययनमा रुची राख्ने भएकाले विविध खेलका कार्यक्रम आयोजना गरिनु पर्ने बताउनु भयो !