घरको छतबाट लडेर दुवाकोटमा एकको मृत्यु 

118

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर २ मा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ ।

दुवाकोटमा आफ्नै ३ तले घरको छतबाट धान खेतमा लड्दा ५२ वर्षका विष्णु वैद्यको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बुध बार साँझ घरको छतमा उक्लेका उनी अचानक लड्दा धान खेतमा बजारिएका थिए ।

खेतमा लडेर गम्भीर घाइते भएका उनीलाई उपचारका लागि भक्तपुर अस्पताल पुर्‍याइएको थियो तर अस्पताल पुग्दै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको जानकारी दिँदै प्रहरीले शव भने पोस्टमार्टमको लागि दुवाकोट स्थित काठमाडौँ मेडिकल कलेजमा लगेको जानकारी दिएको छ ।