ब्राईटनसँग बराबरीमा रोकियो आर्सनल

10

इंग्लिस प्रिमियर लिगको शनिवार भएको पहिलो खेलमा ब्राईटनसँग आर्सनलले बराबरी खेलेको छ ।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले १-१ गोल गर्न सफल बने । आर्सनलको घरेलु एमिरेट्स स्टेडियममा आर्सनललाई बराबरीमा रोक्ने क्रममा आर्सनलका डेक्लान राइसलाई विवादास्पद शैलीमा रातो कार्ड दिइएको थियो ।

घरेलु रंगशालामा भएको खेलको ३८ औँ मिनेटमा काई हाभर्ट्जले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ सकिएको तीन मिनेटपछि रेफ्रीसँग विवाद गरेका डेक्लान रातो कार्ड खादै बाहिरिए ।

त्यसपछि खेलको ५८ औँ मिनेटमा ब्राईटनका पेड्रोले गोल गर्दै ब्राईटनलाई आर्सनलसँग एक अंक दिलाए ।