दक्षिण ललितपुर र कोन्ज्योसोममा बाढी र पहिरोको अवस्थाको सन्दर्भमा कोन्ज्योसोम गाउँपालिकाका अध्यक्षले जारी गर्नुभएको वास्तविकता

5

ललितपुर ।कोन्ज्योसोम गाउँपालिका अध्यक्ष कृष्णमान लामाले गत साता आएको बाढी र पहिरोबाट भएको क्षति प्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले पहिरोबाट भएको क्षतिको जानाकारी लिदैं अब बाढी र पहिरोपछिको अवस्थालाई सहजता बनाउन गर्नुपर्ने विषयमा सूचनामार्फत दक्षिण ललितपुर र कोन्ज्योसोमबासीलाई आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ “मैंले आफ्नो सम्पर्कमा रहेको सम्पूर्ण नल्लु, भारदेऊ, चउघरे, दलचोकी र संखुका साथीभाइ, इष्टमित्र सबैलाई सजक गराएको छु ।, हाम्रो पालिकाको सबै शाखा कार्यालय, विद्यालय, सुरक्षा निकाय सबैलाई खबर गरी सजक र सतर्क रहन आग्रह गरेको छु ।”
सबै वडा टोल बस्तीको सूचना आई रहेको थियो । १३ गते जिप्रमा विपद् व्यवस्थापनको बैठकमा आफ्नो कुरा राखी तत्कालै म गाउँ जाने निर्णयमा पुगेँ र पैदल यात्रा सुरु गरे ।
सीडीओ कार्यालयमा बैठक अगाडि नै म पुगि गाउँमा मृत्यु भएको शबको व्यवस्थापनका लागि पोष्टमार्टम गर्न नसकिने अवस्था भएकोले उतै व्यवस्थापन गर्ने सहमति गरी सोही अनुसार सूचना गराइएको थियो ।
तत् पश्चात मैले आफ्नो क्षमताले भ्याएसम्म निम्न अनुसार योजना बनाई सम्बन्धित वडा अध्यक्षसँग सम्पर्कमा रही आएको थिए ।
चापागाउँबाट लेलेसम्म बाटो खुलेपछि लेलेदेखि नल्लु भञ्ज्याङसम्म सम्बन्धित निर्माण व्यवसायीले एकतर्फी बाटो खुलाएपछि वहाँहरुकै साधन एउटा लेले चन्दनपुरतर्फ र अर्को मध्यमार्गीतर्फ पठाउने यसको संयोजन जिल्ला प्राविधिक कार्यालयले गर्ने, १ नं वडा अध्यक्षले दिपेशजीको जेसीबी प्रयोग गरी संभव भएको ठाउँसम्म बाटो सफा गर्ने, २ नं मा रहेको जेसीबी २ वटै प्रयोग गरी संभव भएसम्म बाटो खुलाउने उपाय गर्ने भनियो । वहाँहरुले कतवन भञ्ज्याङसम्म बाटो खुलाउने काम भयो । त्यहि बेला महाँकालका उपाध्यक्षले सम्भावना कम छ भन्नुभयो भनि जानाकारी गराउनु भएको भनि जानाकारी प्राप्त भएपछि वहांहरुले मध्यमार्गी प्रयास गर्नुभयो अनि म पनि कार्य स्थल पुगे, मध्यमार्गी बाटोको पनि अवस्था अत्यन्तै नाजुक पाए । तैपनि साथीहरुले प्रयत्न गरी राख्नु भएको छ लामाले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गर्नुभएको सूचनमा उल्लेख गरिएको छ ।
त्यसपछि म चौघरे हुदै ढुङ्गे सुइरे पुगि सामान्य जानाकारी लिई फर्कदा ५ नं वडा अध्यक्षसँग मैले गरेको कुराकानी वहांलाई थाहा छ । त्यसपछि लेलेमा आई दुइवटा मेसिन र एक हजार लिटर तेल नल्लु पठाएको छु । वास्तविकता यही हो यही अनुसार बुझिदिनु उहाँले सबैमा आग्रह गर्नुभएको छ ।