दशैमा १०१ जना सडक मानवलाई भोजन सेवा

15

भक्तपुर
विजयादशमीमा विभिन्न संस्था एव समाजसेवीहरुले सहयोगापेक्षी सडक मानवहरुलाई भोजन सेवा प्रदान गरेका छन् ।
नेपाल सरकार वागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापा मगर एवं प्रदेश माननीय शुरेस श्रेष्ठको विशेष उपस्थितिमा भोजन सेवा प्रदान गरिएको हो ।
चागुनारायण नगरपालिका वडा नं.२ को संयोजनका विच लायन्स क्लब अफ काठमाडौ स्प्रिचुयल,बालकोट वचत तथा ऋण सहकारी,सामाजिक अभियन्ता नरेश रन्जित,ओम कृष्ण सेवा सदन,मानव कल्याण समाज सेवा घर,मानव सेवा आश्रम लगायतबाट भक्तपुर जिल्लाभित्रका सडक मानवहरुलाई भोजन सेवा गराईएको चागुनारायण नगरपालिका,वडा नं.२ का अध्यक्ष सोम प्रसाद प्रधानले जानकारी गराए ।
विजयादशमीको पावन दिनमा सडकमा कोही भोकै नबसुन भन्ने ध्येयका साथ भोजन सेवाको कार्यक्रम तय गरिएको आयोजक संस्था ओम कृष्ण सेवा सदनका अध्यक्ष नबराज काफ्लेले अवगत गराए ।
भोजन सेवा कार्यक्रममा आयोजक संस्थाबाट सुमित्रा चौलागाई, जयराज पौडेल,नरेश रन्जित,वैकुण्ठ पोडेल लगायतको उपस्थिति रहेको थियो । सडक मानवहरुको जिल्ला प्रहरी परिसर भक्तपुर बाट खटाईएको प्रतिनिधिबाट पहिचान गरिएको थियो ।