शिक्षकका आफ्ना छोराछोरी सामुदायिक विद्यालय पढाउनु पर्ने : श्रेष्ठ

30

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले शिक्षक आफैले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपढाएका कारण स्थानीय स्तरमा सामुदायिक विद्यालय प्रति विश्वास नभएको बताउनुभएको छ ।
आजाद माध्यमिक विद्यालयमा आयोजित शुभकामना आदान प्रदान चियापान तथा दोस्रो देउसी भैलो कार्यक्रममा बोल्दै उहाँले सामुदायिक विद्यालय प्रति जनमानसमा नकारात्मकता आउनुमा यहाँ पढाउने शिक्षकको पनि हात भएको बताउनुभएको हो ।
पहिला हामीले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने नियम ल्याउनु पर्छ त्यो पछि विद्यालय आफै सुधार हुँदै जाने उहाँको तर्क रहेको थियो ।
यस्तै उहाँले सामुदायिक विद्यालयका शिक्षक राजनीतिमा लागेका कारण पनि शिक्षाको गुणस्तरमा कमी आएको बताउनुभयो । शिक्षकले राजनीति गर्ने पहुँचको आधारमा पढाउनु भन्दा पनि यता उता लाग्ने र काम नगर्ने अनि कसरी सामुदायिक विद्यालयको स्तर उस्कन्छ उहाँले बताउनुभयो ।
शिक्षामा गुणस्तर खस्कनु भनेको राज्यको ठुलो लगानी बालुवामा पानी हाले बराबर भएको बताउँदै उहाँले शिक्षाको गुणस्तर घट्यो भन्दा सबै सामुदायिक विद्यालयको शिर निहुरिएको हैन यस प्रति हामीले कहिले ध्यान दिने उहाँले बताउनुभयो ।
सामुदायिक विद्यालय सुधार गर्न हामीले आफूबाट सुरु गर्ने दिन आएको उहाँले बताउनुभएको थियो ।
कार्यक्रमको. प्रमुख अतिथि बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी रहनुभएको थियो भने कार्यक्रममा बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठ, चाँगुनारायण नगर प्रमुख जीवन खत्री लगायतका वक्ताले शुभकामना व्यक्त गर्नुभएको थियो ।