काठमाण्डौं । काठमाण्डौंको सोल्टि होटल परिसरमा संचालित क्यासिनो माजोङ्ग ‘Best Casino in South Asia’ अवार्डबाट सम्मानित भएको छ । दक्षिण एशियाको हस्पिटालिटी क्षेत्रलाई प्रवर्दन गर्न भारतको राजधानी नयाँ दिल्लीस्थित ”हस्पिटालिटी इन्डिया पब्लिकेसन्स ग्रुप”ले हरेक वर्ष आयाेजना गर्ने International Tourism, Travel & Hospitality Awards मा दक्षिण एसियाका सबै होटल र क्यासिनोहरुमध्ये उत्कृष्ट बन्दै नेपालकाे क्यासिनो माजोङ्ग याे वर्ष ‘Best Casino in South Asia’ अवार्डबाट चौथो पटक सम्मानित भएको हाे ।
भारत सरकारका सडक, यातायात तथा हाईवे राज्यमन्त्री श्री अजय भट्ट, गान्धि स्मृतिका उपाध्यक्ष तथा पुर्व युवा तथा खेलकुद, रक्षा तथा टुरिजम राज्यमन्त्री श्री बिजय गोयल, पश्चिम दिल्लीबाट लोकसभाका माननीय सदस्य श्रीमती कमलजीत सेरावत, भारतिय जनता पार्टीका महासचिव तथा दक्षिण दिल्लीबाट लोकसभाका माननीय सदस्य श्री रामबिरसिंह बिधुरीज्युको आतिथ्यमा नयाँ दिल्लीस्थित ”होटल दि सुर्य” मा शुक्रबार आयोजित 19th Annual International Tourism, Travel & Hospitality Awards समाराेहमा क्यासिनो माजोङ्गले ‘Best Casino in South Asia’ काे अवार्ड प्राप्त गरेकाे हाे ।
बिगत २५ वर्षदेखि पर्यटन व्यवसायमा आबद्द रहनु भएका बिनोद श्रेष्ठकाे स्वामित्वमा रहेकाे नेपालकै १ नम्बरको क्यासिनोको रुपमा परिचीत रहेको क्यासिनो माजोङ्गले प्राप्त गरेको यो अवार्ड दक्षिण एशियास्तरको प्रतिष्ठित अवार्ड हो।
क्यासिनो माजोङ्गले बर्सेनि लाखौँ बिदेशी पर्यटक नेपाल भित्र्याउँदै आएको छ र उक्त अवार्ड प्राप्त गर्नु त्यसैको प्रतिफल पनि हो । क्यासिनो माजोङ्गका अध्यक्ष / प्रबन्ध निर्देशक समेत रहनुभएका श्रेष्ठकाे क्यासिनो, होटल तथा रिजोर्टस् र ट्राभल्स् लगायतका व्यवसायमा लगानी रहेको छ ।
सोही समारोहमा क्यासिनो माजोङ्ग नेपालगञ्ज ‘Best Casino in Nepal’ को अवार्डबाट समेत सम्मानित भएको छ । उक्त अवार्ड क्यासिनो माजोङ्ग नेपालगञ्जका प्रबन्ध निर्देशक बिनोद श्रेष्ठलाई प्रदान गरिएको आयाेजकले जनाएकाे छ।
समारेहमा क्यासिनो माजोङ्ग नेपालगञ्जका महाप्रबन्धक श्री निरजकुमार प्रधान ‘Best Casino General Manager in South Asia’ अवार्डबाट सम्मानित हुनुभएको छ । नेपालमा पर्यटन क्षेत्रको विकासमा याेगदान गरे वापत व्यक्तिगत उत्कृष्टताको मान्यतामा प्रधानले उक्त अवार्ड प्राप्त गर्नु भएकाे हाे । गत वर्ष सन् २०२३ मा पनि उक्त अवार्ड काठमाडौस्थित क्यासिनो माजोङ्ग नेपालकै महाप्रबन्धक श्री अमुल्य बिक्रम राणाले प्राप्त गर्नुभएको थियो ।
यसअघि सन् २०२३,२०२२ र २०१९ मा क्यासिनो माजोङ्ग नेपाल ‘वेस्ट क्यासिनो इन साउथ एसिया’ र सन् २०१८ मा वेस्ट क्यासिनो इन नेपालबाट सम्मानित भैसकेको छ। सन् २०२३ मा ‘Best Casino in Nepal’को अवार्ड क्यासिनो माजोङ्ग नेपालगञ्जले प्राप्त गरेको थियोे।
दक्षिण एशियामा Best hospitality service दिने कम्पनिहरुको छनौट गरि कम्पनीको सेवा, आगन्तुकको संख्या र उनिहरुले दिने feed back साथै संबन्धित मुलुकको बजारमा कस्को बढि क्रेज छ र कुन क्यासिनो लोकप्रिय छ भनेर ”hospitality India”ले अध्ययन गरेर मात्र अवार्डको लागि छनौट गर्ने गर्दछ।
‘Hospitality India’ मा भारतको पर्यटन क्षेत्रमा आबद्द ब्यक्तिहरु,भारतको पर्यटन बोर्ड,भारतीय पर्यटन मन्त्रालयका अधिकारीहरु आबद्द छन् ।
भारत पर्यटन बिकास निगम लिमिटेडको विशेष संलग्नता रहेको उक्त कार्यक्रमको सह-संयोजक नेपाल पर्यटन बोर्ड समेत रहेको छ।