तीन नगरकार्यपालिकामा कार्यपालिका गठित

988

भक्तपुर । भक्तपुरका तीन नगरपालिकाले कार्यपालिका गठन गरेका छन् । स्थानिय निकाय अन्तर्गत मध्यपुरथिमि नगर कार्यपालिकामा महिला, दलित वा अल्पसङ्ख्यक आठ जना नै सदस्यमा नेपाली काँग्रेसका उम्मेदवारर विजयी भएका छन् । महिलाबाट अरुणा कारञ्जित, बिनु केसी, मीरा खड्का, रमिता जिमा श्रेष्ठ, र सुजाता वादे तथ दलित वा अल्पसङख्यकबाट चन्द्रवती मिजार, बिलबहादुर विश्वकर्मा र विष्णु परियार निर्वाचित भएको निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेलले जानकारी दिए ।
भक्तपुर नगरपालिकामा भने महिला सदस्यका लागि नेमकिपाको मात्र उम्मेदवारी परेको थियो । भक्तपुर नगरमा गठन भएको १७ सदस्यीय नगर कार्यपालिकामा नेमकिपाका तर्फबाट सुनिता प्रजापति, कृष्णलक्ष्मी दुवाल, सरिना द्यौला, रोशनमैयाँ सुवाल र छोरीमैयाँ सुजखू प्रजापति निर्विरोध निर्वाचित भएका छन् ।
नगरपालिकामा दलित वा अल्पसङ्ख्यक सदस्यका लागि उम्मेदवारी नै नपरेको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले जानकारी दिनुभयो । सूर्यविनायक नगरकार्यपालिकामा गठन भएको २० सदस्यीय कार्यपालिकामा एमालेका तर्फबाट दलित वा अल्पसङ्ख्यक सदस्यमा हिरामाया शेर्पिनी, राजेन्द्र भुजेल र दीपक विशुङ्खे तथा महिला सदस्यमा सुुभद्रा खत्री, तारा खतिवडा सापकोटा, अम्बिका न्यौपाने, जुनुमाया तामाङ, तारा बस्नेत खड्का निर्वाचित भएका छन् ।
चाँगुनारायण नगरपालिकामा भने यही जेठ ३१ गते कार्यपालिकाको चुनाव हुने भएको छ ।