काठमाडौं । म्याग्दीमा आर्थिक वर्ष २०८०–८१ मा थप पाँच जनामा एचआइभी संक्रमण पुष्टि भएको छ । दुई हजार दुईसय जनाको नमुना परीक्षण गर्दा पाँच जनामा एचआइभी संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाकारी दिएको छ ।
सदरमुकाम बेनीमा आयोजित एचआइभी एड्ससम्बन्धी लान्छना र भेदभाब विषयक सरोकारवालासँग अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिइएको थियो ।
म्याग्दीमा हालसम्म एकसय २४ जनामा एचाईभी संक्रमण पुष्टि भएकोमा तीमध्ये ८८ जनाले नियमित रुपमा एआर्टी लिँदै आएका छन् ।