दक्षिण कोरियामा लागू सैन्य शासन २४ घण्टा नबित्दै फिर्ता

8

कोरिया: दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल मुलुकमा सैन्य शासन घोषणा गरेको २४ घण्टा नबित्दै फिर्ता लिन बाध्य भएका छन्।

मंगलबार साँझ लागू गरेको सैनिक कानुनको तीव्र विरोध भएपछि राष्ट्रपतिले फिर्ता लिएका हुन्।

राष्ट्रियसभामा उपस्थित १९० सांसदले सर्वसम्मतिले यो निर्णयको विरोध गरेका थिए । त्यसपछि मार्शल ल हटाइयो।

दक्षिण कोरियाका राष्ट्रपति योलले भने, ‘राष्ट्रिय सभाको मागमा मार्सल ल (सैनिक कानुन) हटाइएको छ र सेना फिर्ता गरिएको छ। म राष्ट्रिय सभाको मागलाई स्वीकार गर्दछु।’

मार्सल ल अर्डर हटेको केही घण्टामै दक्षिण कोरियामा विरोध प्रदर्शन सुरु भएको छ।

प्रदर्शनकारीहरूले राष्ट्रपति युन सुक-योलको राजीनामा माग गरिरहेका छन्।

मंगलबार साँझ दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले देशमा मार्सल लको घोषणा गरेका थिए।

राष्ट्रविरोधी तत्त्वलाई हटाउन यो कदम चालिएको उनले दाबी गरेका थिए।