२ घण्टे अभियानले दियोे मन्त्रीलाई सुझाव

62

भक्तपुर । राष्ट्रको लागि २ घण्टा अभियानले वागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाललाई विभिन्न सुझाव दिएको छ ।
साे अभियानले वातावरणसँग जोडिएका सवालहरुलाई नीति तथा कार्यक्रममा राख्न सुझाव दिएको हाे । वातावरणको विषयमा काम गर्ने संघसंस्था,अभियन्ता,वातावरणविद एवं सरोकारवालाहरुको विचबाट उठान गरिएका विषयलाई समेट्दै सुझावपत्र दिएको अभियानका अध्यक्ष मधु ढुगेंलले जानकारी दिए ।
वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले साे सुझावपत्र ग्रहण गर्दै बढ्दो प्रदूषणप्रति चिन्ता व्यक्त गरे । उनले देशको संघीय राजधानी काठमाडौं नै केहि वर्षयता विश्वकै प्रदुषित शहरहरुमध्येको सूचिभित्र पर्दा त्यसले सर्वत्र असर पुर्याएकाे उल्लेख गर्दै बढ्दो प्रदुषणको कारण पहिचान गरि नियन्त्रणको विशेष योजना जरुरी भएकोमा ध्यानाकर्षण भएको जनाए । उनले प्रदूषण नियन्त्रणका लागि मन्त्रालय अगाडि बढ्ने समेत प्रतिवद्दता जनाए ।
`वातावरण प्रदुषण : समस्या र चूनौति´ विषयक अन्तरक्रिया कार्यक्रममा वातावरणविद भोला भट्टराईले वायूप्रदुषण समाधानका उपाय,चूनौती र सम्भावनाका बारेमा प्रकाश पारेका थिए ।
वातावरणसँग आवद्ध १ सयभन्दा बढी संस्थागत प्रतिनिधित्व रहेको कार्यक्रममा वागमती सफाई महाअभियानका प्रमुख अभियन्ता एवं नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल,भक्तपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी भण्डारी,चाँगुनारायण नगरपालिका वडा नं.२ का वडाअध्यक्ष एवं नगर वातावरण समितिका संयोजक सोम प्रसाद प्रधान,राष्टका लागि २ घण्टा अभियानका सल्लाहकार गोपी न्यौपाने एवम अन्जनादेवी मधिकर्मी,अभियन्ताहरु डा.माला खरेल,मित्र घिमिरे,चन्द्र दंगाल,शोभाकान्त पाण्डे,लक्ष्मी प्रसाद बुढाथोकी,प्रिति शर्मा,विनिता कार्की,प्रकाश काफ्ले लगायतले वातावरण प्रदुषणको बारेमा आफ्नो महत्वपुर्ण धारणा प्रस्तुत गरेका थिए ।
राष्टको लागि २ घण्टा अभियानले हालसम्म वातावरण स्वच्छता कायम राख्न पुर्याएकाे विशेष योगदानप्रति कार्यक्रममा सहभागीबाट खुलेर प्रशंसा गरिएको अभियानका उपाध्यक्ष नरेश रन्जितले जानकारी दिए । कार्यक्रममा अभियानका महासचिव नबराज काफ्लेले राष्टको लागि २ घण्टा अभियानले कार्यक्रममा सहभागी सबैको रायसुझावलाई समेट्दै आगामी वर्षको योजनामा लिपिबद्ध गर्न वागमती प्रदेश वन तथा वातावरण मन्त्रालयमा अनुरोध गरिने जनाए ।