भक्तपुर । भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घको आयोजनामा जिल्ला व्यापी कराते प्रतियोगिता हुने भएको छ ।
कराते विकासमा तथा नयाँ खेलाडी उत्पादन लागि भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घको आयोजनामा भक्तपुरमा पुस २२ गते जिल्ला व्यापी कराते प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा जिल्लाका विभिन्न डोजो तथा खेलाडीहरू सहभागी हुने भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घका महासचिव राजु सिंह बजिकोले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामी पुस २२ गते चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित तपाडम्फो स्थित नगरपालिकाको बहुउद्देश्यीय भवनमा प्रतियोगिता सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा ५सय भन्दा बढी खेलाडीको सहभागिता रहने छ ।
तौल समूह अनुसार हुने उक्त प्रतियोगितामा महिला पुरुष गरी ५ सय बढी खेलाडी सहभागी हुने उहाँले जानकारी दिनुभयो ।
२० केजी देखि ६० प्लस केजी तौल समूहसम्म पुरुष तथा २० केजी तौलदेखि ५५ केजी तौल सम्म महिला गरी १९ खेल यस्तै महिला तथा पुरुष काता तथा महिला पुरुष टिम काता समेत खेलमा समावेश हुने उहाँले जानकारी दिनुभयो ।
खेल डब्लु केएफ, एकेफ र एनकेएफ को नियम अनुसार खेल खेलाइने उहाँले जानकारी दिनुभयो ।