निर्वाचन सुरक्षा रणनीति : ‘जस्तो व्यवहार उस्तै कारबाही’

402

काठमाडौं – सरकारले राजपालाई चुनावमा ल्याउन स्थानीय तह निर्वाचन र दल दर्तासम्बन्धी ऐन संशोधन तथा स्थानीय तह संख्या थप्ने निर्णयविरुद्धको रिट निष्क्रिय पार्न निवेदन दर्ता गराए पनि उसले निर्वाचन बिथोल्न आन्दोलन घोषणा गरेको छ ।

त्यसैले गृहले राजपा सहभागी नहुँदा अपनाउने सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको छ ।

दलको कार्यक्रममा हस्तक्षेप गर्दा झडपका घटना बढ्ने र निर्वाचन अधिकृतका कार्यालय, निर्वाचनमा सहभागी दल र उम्मेदवारको निवासमा आक्रमण हुन सक्ने पूर्वआंकलन अनुसार गृहले सम्बन्धित जिल्लामा सोही अनुसारको सुरक्षाकर्मी परिचालन र निगरानी राख्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले भने, ‘निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न सुरक्षामा कसैसँग सम्झौता गर्नुपर्ने अवस्था छैन । जस्तोसुकै परिस्थिति आए पनि सामना गरेर चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न तयारी अवस्थामा छौं ।’आजको नागरिकमा यो खबर छ ।