भक्तपुर। अभियन्ता आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङलाई जिल्ला अदालत भक्तपुरले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
आशिकाले २० हजार धरौटी बापतको रकम बुझाएर आज नै रिहा भएकी छन् ।