भक्तपुर । विश्वव्यापी शैक्षिक सेवा प्रदायक ग्लोबल ब्राण्ड आर्गस एजुकेसनले नेपालको भक्तपुर जिल्लामा आफ्नो नयाँ शाखा थालनी गरेको छ । भक्तपुरमा आयोजित एक कार्यक्रमका बिच भक्तपुर नगरपालिका वडा नम्बर ४ सूर्यविनायक आर्गसले आफ्नो नयाँ शाखा सञ्चालन सुरु गरेको हो। भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले रिबन काटेर यस शाखाको सुरुवात गरेकी हुन् ।
यस शाखाले विदेशी शिक्षा, करियर परामर्श, आइईएलटीएस पिटिई तयारी, माइग्रेसन सेवा, र भिसा सहयोग जस्ता सेवाहरू प्रदान गर्ने सञ्चालकले जानकारी दिएका छन् । अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्यु जिल्यान्ड, दक्षिण कोरिया लगायत १० भन्दा बढी देशका विश्वविद्यालयहरूसँग साझेदारी रहेको आर्गसले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा र रोजगारीको अवसरमा सहज पहुँच गराउने लक्ष्यमा काम गर्दै आएको छ ।
भक्तपुरमा गुणस्तरीय शैक्षिक परामर्श सेवा सुरु भएकोमा हर्ष लागेको भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले बताइन । यसले स्थानीय विद्यार्थीहरूलाई करियर मार्गदर्शन दिँदै विदेशमा सिकेको ज्ञान र क्षमतालाई देशको विकासमा उपयोग गर्न प्रेरित गर्न मद्दत गर्नेमा आफू विश्वस्त भएको उनले बताइन ।
उद्घाटनमा भक्तपुर उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स, रोटरी क्लब, स्थानीय शैक्षणिक संस्था, मिडिया, र समाजसेवीहरूको उपस्थिति रहेको थियो। आर्गस एजुकेसनका सिइओ अरुण चित्रकारले यस शाखाले भक्तपुरका विद्यार्थीहरूलाई काठमाडौँ जानु पर्ने बाध्यता र समयको बचत गर्ने बताए । संस्थाले स्थानीय युवाहरूको आवश्यकतालाई ध्यानमा राखी नियमित कार्यशाला, छात्रवृत्ति अवसर, र रोजगारी सल्लाहकारी कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको उनले जानकारी दिएका थिए ।
२० वर्षदेखि विश्वभर नेपाली विद्यार्थीहरूलाई सेवा प्रदान गर्दै आएको आर्गस एजुकेसनको नेपालभरि १५ भन्दा बढी शाखाहरू रहेका छन्।