काठमाडौं – नेपालबाट बिदेश जान इच्छुक व्यक्तिहरूलाई विभिन्न भिषा सेवामा परामर्श प्रदान गर्दै आएको गुड्विल कन्सल्ट प्रा.लि. २० औं वर्षमा प्रवेश गरेको छ।
वि.सं. २०६२ सालको फागुन ९ गते आधिकारिक रूपमा दर्ता भई स्टुडेन्ट भिषा, पार्टनर भिषा, भिजिट भिषा, फ्यामिली भिषा तथा जनरल स्किल्ड माईग्रेशन भिषा सम्बन्धी सेवा प्रदान गर्दै आएको गुड्विल कन्सल्टले १९ सफल वर्ष पार गरिसकेको छ।
बिदेश जाने सपना देख्ने हजारौं नेपालीहरूको सफल यात्रामा पेशागत इमानदारिता, पारदर्शिता, सही परामर्श र योग्य भिषा आवेदक मात्र चयन गर्ने प्रणाली नै गुड्विलको सफलता पछाडिको प्रमुख आधार रहेको गुड्विल कन्सल्टका संस्थापक प्रविण शाहीले बताउनुभयो ।
आवेदकहरूले आफैंले भिषा प्रक्रियाबारे राम्रोसँग बुझेर योग्य भएको सुनिश्चित गरे मात्र आवेदन दिनु पर्ने सन्देश दिँदै आएको गुड्विलले नक्कली कागजात र गलत जानकारीका कारण भिषा रद्द हुने जोखिमबाट बच्नुपर्ने कुरामा जोड दिँदै आएको छ।
गुड्विल कन्सल्टले आफ्नो व्यवसायिक शुद्धता र पेशागत मर्यादालाई अक्षुण्ण राख्दै आगामी दिनहरूमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। २० औं वर्षको यो यात्रामा सहयोग गर्ने सम्पूर्ण आवेदकहरू, उनीहरूका परिवारजन, कर्मचारी, सहकर्मी तथा शुभेच्छुकहरूप्रति गुड्विल कन्सल्ट हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।