भक्तपुर । भक्तपुर मुनिसिपल क्रिकेट एसोसिएसन (बिएमसीए) प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट फाइनलमा प्रवेश गरेको छ। बिहीबार मुलपानी मैदानमा सम्पन्न सेमीफाइनल खेलमा बिएमसीएले जनप्रेमी स्पोर्ट्स क्लबलाई ८ विकेटले पराजित गर्दै उपाधि भिडन्त पक्का गर्यो।
शनिबार हुने फाइनल खेलमा बिएमसीएले भक्तपुर क्रिकेट सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ।
सेमीफाइनल खेलमा जनप्रेमी स्पोर्ट्स क्लबले दिएको १८३ रनको लक्ष्य बिएमसीएले मात्र २ विकेटको क्षतिमा २४.१ ओभरमै भेट्टाएको थियो। सौरभ साखाकर्मी बिएमसीएको जितका नायक रहे। उनले ७६ बलमा १५ चौका र २ छक्का सहित १०० रनको अविजित शतक बनाए। गौरभ पौडेल ले अविजित ५२ रन बनाएर जितमा महत्वपूर्ण योगदान दिए।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको जनप्रेमीले ४५.३ ओभरमा १८२ रनमा अलआउट भएको थियो।आकाश शाह ले उत्कृष्ट १३० बलमा ७ चौका र १ छक्का प्रहार गर्दै १०० रनको शतकीय इनिङ्स खेले।
बिएमसीएको बलिङ आक्रमण प्रभावशाली रह्यो।सागर घिमिरे (३-२६) र मनिष श्रेष्ठ (३-३६) ले समान ३ विकेट लिए। संदेश कार्कीले २ विकेट झारे । शनिबारको फाइनल खेलमा बिएमसीए र भक्तपुर क्रिकेट सेन्टरबीच प्रतिस्पर्धा हुने छ।