नि: शुल्क खेल प्रशिक्षण गराउँदै चाँगुनारायण

3

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले खेलकुद विकासका लागि नि: शुल्क खेल प्रशिक्षण गराउँदै आएको छ ।

नगरपालिकाले खेलकुदप्रति चासाे भएका खेलाडीकाे क्षमता र दक्षता अभिवृद्धिका लागि विभिन्न खेलकाे नि: शुल्क प्रशिक्षण सञ्चालन गर्दै आइरहेको छ ।

खेलकुद प्रशिक्षणमा नयाँ पुस्ताको आकर्षण बढिरहेको नगर खेलकुद समितिका संयाेजक रघु केसीले जानकारी दिए । उनले नि: शुल्क खेल प्रशिक्षण अन्तरगत फुटबल, कबड्डी, भलिबल, क्रिकेट, कराते, तेक्वान्दो, एथलेटिक्स, उसुलगायतका खेल समावेश गरिएको बताए ।

त्यसका लागि नगरपालिकाले वडागत रूपमा खेल प्रशिक्षककाे नियुक्ति गरिएको उनको भनाइ छ ।

कहाँ कहिले कुन खेल प्रशिक्षण ? हेर्नुस् तालिका