शुक्रबार सुनको मूल्य घट्यो, तोलाको ९६,५०० मा कारोबार

66

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । आज तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो बिहीबार तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार तेजावी सुनको मूल्य ९६ हजार रुपैयाँमा कारोबार भएको छ । यसैगरी शुक्रबार चाँदीको मूल्य पनि केही घटेको छ । बिहीबार तोलामा १ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर १ हजार ३१० रुपैयाँमा कारोबार भएको हो ।