नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाको १८औं स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

26

दुवाकोट, भक्तपुर – नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाले आफ्नो १८औं उपशाखा स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ।

स्थापना दिवसको अवसरमा स्थानीय विद्यालयस्तरका जुनियर रेडक्रस सर्कलहरूबीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो। प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न उक्त प्रतियोगिताले विद्यार्थीहरूमा सामूहिकता, आत्मविश्वास र सामाजिक चेतना अभिवृद्धि गर्न मद्दत पुगेको आयोजकको भनाइ छ।

कार्यक्रमको अन्त्यमा दुवाकोटस्थित त्रिपुरा सुन्दरी मन्दिर परिसरमा दीप प्रज्वलन गरी स्थापना दिवसको स्मरण गरियो।

रेडक्रसका स्वयंसेवकहरू, स्थानीय प्रतिनिधिहरू, विद्यालयका शिक्षक–विद्यार्थी तथा समाजसेवीहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रम सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाले हार्दिक आभार व्यक्त गरेको छ।