बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

7

काठमाडौँ । इटालीको इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सान सिरो रंगशालामा भएको दोस्रो लेगको रोमाञ्चक खेलमा इन्टरले स्पेनिस क्लब बार्सिलोनालाई ४–३ गोलले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको हो।

दुई लेगको समग्र नतिजा ७–६ रहेको छ। यसअघि, बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न पहिलो लेग ३–३ को बराबरीमा सकिएको थियो।

अब इन्टर मिलानले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब आर्सनलबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।