भक्तपुर । भक्तपुरको सल्लाघारीमा रहेको यति कार्पोटको कारखानामा भिषण आगलागी भएको छ । राती ११ बजेदेखि सुरु भएको आगो निभाउन उपत्यकाका ८ दमकलको प्रयोग भएपनि विहान ७ बजे सम्म आगो नियन्त्रणमा आएको छैन् । आगलागीका कारण कारखाना पुर्ण रुपमा नस्ट भएको छ ।
केमिकलका कारण आगलागी नियन्त्रणमा लिन नसकिएको पहरीले जनाएको छ । आगलागीबाट कारखानाका भौतिक सम्पति पुर्ण रुपमा नष्ट भएको जनाइएको छ । मानवीय क्षति भने केही हन पाएन । आगलागीका कारण रातभरि सुत्न नसकिएको स्थानीयले बताएका छन ।