जाग्यो गुन्डा समूह राधे, वाईसीएल प्रमुखमाथि खुँडा प्रहार

470

काठमाडौं । गुन्डा समूहबीच भएको झगडामा सशक्त घाइते भएपछि केही समययता गृह जिल्ला धादिङमा बसिरहेका गुन्डा नाइके राधे भन्डारी नेतृत्वको समूहले सोमबार राती धादिङको निलकन्ठ नगरपालिकाका वाईसीएल प्रमुख आयुग तामाङलाई खुँडा प्रहार गरी सक्त घाइते बनाएको छ ।

खुँडा प्रहारबाट आयुगको टाउको र हातमा गम्भिर चोट लागेको छ ।

आयुगको एउटा हातको नाडीमा गहिरो चोट लागेको छ । उनको न्युरो अस्पतालमा उपचार भईरहेको छ ।

राधे,राधेका भाइ गोपिकृष्ण भन्डारी, सन्देश तामाङ , प्रकाश तामाङसहितको समूहले आपसी विवादमा आयुशमाथी सोमबार साँझ आक्रमण गरेको हो ।

कुनै समय दिनेश अधिकारी ‘चरी’ निकट मानिने आयुग उनको निधनपछि जिल्लामा फर्किएर माओवादी केन्द्रमा आबद्ध भएका थिए ।

उनी पछिल्लो समय स्थानियस्तरका ठेक्कापट्टामा लागेका थिए ।

यसैगरी चरी समूहको आक्रमणपछि गम्भिर घाइते भएका राधे पनि गाउँ फर्किएर स्थानिय ठेक्कापट्टामा लागेका थिए ।

प्रहरीका अनुसार आयुग र राधेबीच केही समययता विवाद रहेको थियो । (अन्नपूर्ण पोष्ट दैनिक)