काठमाडौं । स्वीकृति नलिइ सञ्चालन गरिएका कीर्तिपुरका तीन वटा औषधि पशल सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हीत संरक्षण विभागको नेतृत्वको अनुगमन टोलिले बिहीबार कीर्तिपुर स्थित ३ औषधि पशललाई सिलबन्दी गरेको छ ।
विभागका निदेर्शक लक्ष्मण श्रेष्ठका अनुसार कीर्तिपुरको श्री उग्रतारा यूनिक पोलिक्लिनिक एण्ड डायग्नोसिष्ट सेन्टर, श्री कीर्तिपुर ओरल डेण्टल र श्री नविन फर्मामा सिलबन्दी गरिएको छ । ती जिल्ला जन स्वास्थ्य कार्यालयबाट स्वीकृती नलिइ पशल सञ्चालन गरेकोले सिलबन्दी गरेको श्रेष्ठले जानकारी दिएको छ । त्यसमध्ये डायग्नोसिष्ट सेन्टरले एमआरपी नभएको औषधि बिक्री गरेको बताइएको छ ।
त्यस्तै बुधबार विभिन्न पनि विभिन्न कार्य सञ्चालनका लागि जिल्ला जन स्वास्थ्य कार्यालयको स्वीकृती नलिइ सञ्चालन गरेका बुढानिलकण्ठ स्थित श्री नारायण फार्मेसी र श्री विपिन पोलिक्लिनिकलाई सिलबन्दी गरेको थियो । ती फार्मेसी तथा पोलिक्लिनिकले डिडिएको फम्र्याट अनुसार बिल छपाइ गर्न र ल्याब संचालनको लागि स्वीकृती नलिएको कारण सिलबन्दी गरिएको थियो ।
मंगलबार पनि जिल्ला जन स्वास्य कार्यालयबाट स्वीकृती नलिइ सञ्चालन गरेकोे श्री न्यू सफल मेडिकल सेन्टर, सामाखुसीलाई सिलबन्दी गरिएको थियो ।
त्यसैगरी बिहीबार नै गरेको अनुगमनमा काठमाडौं स्थित तिनचुली, माकलबारी, जोरपाटी लगायतका विभिन्न माछा, मासु पशलहरु टोलीले अनुगमन गरेको थियो । किफायती भेटिएपछि आवश्यकता अनुसार सम्झाइ, बुझाइ तथा निर्देशन दिइएको थियो । अनुगमन गरिएका पशलहरुमा व्यवसाय दर्ता तथा प्यान दर्ता नगरेको, नापतौल मेसिनको प्रमाणीकरन नभएको, कामदारहरुले माक्स, पन्जा, एप्रोनको प्रयोग नगरको लगायत किफायति रहेको जानकारी दिइएको छ । पशल फोहोर रहेको जनाएको जनाइएको छ । त्रिपुरेश्वरमा बढी भाडा लिएका तथा भाडादर खुलाइएको कागजात नभएको माइक्रोे, बस, ट्याम्पो, ट्याक्सी लगायत १९ वटालाई कारबाही गरिएको थियो । ७३ वटा सवारीसाधन अनुगमन गरिएकोमा १ ओटालाई ट्राफिक प्रहरीलाई बुझाइएको थियो भने ५४ ओटालाई सम्झाइ बुझाइ गरिएको विभागले जानकारी गराएको छ ।