काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश र शर्मालाई आफूहरूले सुरु गरेको यात्रालाई बिचमै नछोड्न आग्रह गरेका छन् । काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा धारणा व्यक्त गर्दै उद्योगपति चाैधरीले मुलुकलाई विकासको खुड्किलो उकाल्न आग्रह गरे ।
‘नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन र विश्वप्रकाश जीलाई मेरो आग्रह छ, अगाडि बढ्नुस्, यात्रालाई अधुरो नछोड्नुस्,’ चौधरीले भने, ‘तपाइँहरूको साथमा पार्टीका नेता कार्यकर्ता र जनता छन् । मुलुकलाई विकासको खुड्किलोमा पुर्याउनुस् ।’
उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ५० प्रतिशत नयाँ अनुहारलाई उम्मेदवार बनाउन आग्रह गरे । उनले कांग्रेसले जेनजी पुस्तालाई निर्वाचनमा उम्मेदवार बनाएको हेर्न चाहेको बताए ।
कांग्रेसले राजनीतिको मात्रै होइन आर्थिक रूपान्तरण पनि गरेको भन्दै त्यसलाई निरन्तरता दिन आग्रह गरे ।








































