इस्लाम धर्मावलम्बीहरुले पवित्र महिना रमजानको अन्त्यमा मनाइने इद उल फित्र धार्मिक विधिपूर्वक उत्साहका साथ मनाइरहेका छन् । विभिन्न इदगाह तथा मस्जिदमा चहलपहल व्यापक रूपमा देखिन्छ । इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका लागि रोजा अर्थात् दिनभरि उपवासमा बसेर पर्वको शुभारम्भ गरिएको थियो ।
यस पर्वमा दीनदुःखीलाई दान गर्ने र मीठो परिकार खाने गरिन्छ । यस अबसरमा राष्ट्रपतिसहित विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन् ।