काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जना सहमहामन्त्रीलाई टिकट प्रदान गरेको छ।
सोमबार बसेको संसदीय बोर्ड बैठकले सहमहामन्त्रीहरूलाई निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने निर्णय गरेको हो।
उम्मेदवारहरूको विवरण:
- फरमुल्लाह मन्सुर – बारा क्षेत्र नम्बर ३
- मुक्ता कुमारी यादव – धनुषा क्षेत्र नम्बर १
- कर्ण बुढा – डोल्पा
- उदय शमशेर राणा – ललितपुर–१
- प्रकाश रसाइली स्नेही – बझाङ
सहमहामन्त्री डिला संग्रौला पन्त र योगेन्द्र चौधरीको उम्मेदवारी अझै टुंगो लाग्न बाँकी रहेको छ।
सहमहामन्त्री बहादुर सिं लामा बागमती प्रदेश सांसद हुन्। महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेको टिकट टुंगो लाग्न बाँकी छ।
यी सबै पदाधिकारीहरू हालै सम्पन्न विशेष महाधिवेशनबाट चयन भएका हुन्। निर्वाचन आयोगले मंगलबार मनोनयन दर्ताका लागि समय तोकेको छ।








































