कांग्रेसले सिरहा–२ मा रामचन्द्र यादवलाई उम्मेदवार बनायो

0

काठमाडौँ। नेपाली कांग्रेसले सिरहा क्षेत्र नम्बर २ बाट रामचन्द्र यादवलाई आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।

सोमबार बसेको संसदीय बोर्ड बैठकले यादवलाई टिकट दिने निर्णय गरेको हो।

यादव संविधानसभा सदस्यसमेत हुन् र दुईपटक नेपाली कांग्रेस सिरहा जिल्ला सभापति भइसकेका छन्।