शाहरुख खानको फिल्ममा खेल्न करिनाले अस्विकार

364
बलिउड राम्रा मध्ये एक निर्देशक आनन्द एल रायको आगामी फिल्म लगातार चर्चामा छ । यस फिल्ममा मुख्य भूमिकामा शाहरुख खान देखिने भएका छन् र समाचारहरुका अनुसार उनले करीना कपूर खानको पहिलो मनपर्ने बनाएका थिए । तर उनले यो फिल्म खेल्न अस्विकार गरे ।

केही दिन पहिला यस फिल्मको सेटबाट शाहरुख को एक तस्वीर सामन्ने आएको थियो जो मिनेटमा भाइरल भएको थियो । करिनाले खेल्न नमानेपछि शाहरुख लीड हिरोइनको खोजीमा लागे । पछिल्लो केही महिनाबाट यस फिल्मका लागि केही हिरोइनको नाम सार्वजनिक भएका छन् ।

समाचारहरुका अनुसार अनुष्का शर्मा तथा कटरीना कैफले यस फिल्मको लागि फाइनल गरेका छन् । डीएनएको एक समाचार अनुसार आनन्द एल रायको यो फिल्मका लागि मुख्य हिरोइनको पहिलो नाम करीना कपूर थियो तर करिनाले उनको आगमी फिल्म वीरे दी वेडिंगको मितिका साथ जुधेका कारण अस्विकार गरिन् । त्यसपछि अनुष्कासँग कुराकानी भएको छ ।

पछिल्ला दिन करिन जिममा पसिना बगाइरहेकी छिन् । यसको सवैभन्दा ठूलो कारण उनको आगमी फिल्म वीरे दी वेडिंग हो ।