यातायात व्यवसायीको आत्महत्या, दोषी को ?

145

काठमाडौं । दाङ तुल्सीपुर बसपार्कमा एकजना यातायात व्यवसायीले आत्महत्या गरेका छन् ।
सल्यानको शारदा नगरपालिका वडा नं. १३ निवासी ३४ वर्षीय भरत बस्नेतले तुल्सीपुरमा पार्किङ गरेर राखेको आफ्नो बस भित्रै शुक्रबार विष सेवन गरेर आत्महत्या गरेका हुन् । बस्नेत आफैं मालिक र चालक हुन् अर्थात् स्वरोजगार व्यवसायी।

केही समय अघि पनि भक्तपुरको मनोहरा पुलबाट हामफालेर एक जना यातायात व्यवसायीले आत्महत्या गरे ।
विगत केही वर्ष देखि नै यातायात क्षेत्र तहसनहस भएको अवस्थामा पछिल्लो समय कोरोना भाइरसका कारण यो क्षेत्र झनै अस्तव्यस्त बनेको हो । जसको प्रतिफल केही समयको अन्तरालमा नै दुई व्यवसायीले आत्महत्या गरेका छन् ।

विपदको समयमा निराशापन बढ्नु, एक्लोपना र आर्थिक समस्याका कारण देहत्यागका घटना बढेको स्वास्थ्य मन्त्रालयको एक अध्ययनले देखाएको छ । कोभिड—१९ को संक्रमण जोखिम न्यूनिकरणका लागि जारी भएको बन्दाबन्दीका समयमा सामाजिक सम्पर्क हुन नसक्दा एक्लोपना हुनु, आर्थिक समस्या, परीक्षण स्थगित हुनु जस्ता कारण यस्ता घटनाहरू बढेका हुन् ।

पछिल्लो ३ बर्षबाट नै यातायात क्षेत्रमा निकै समस्या थियो । यातायात व्यवसायी र सरकारबिच समन्वय नहुँदा यो क्षेत्र धरासायी बनिरहेको अवस्थामा लकडाउन र निषेधाज्ञाले झनै तहसनहस बनाएको व्यवसायीहरू बताउँछन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द«नाथ कर्माचार्यले कि काम कि मामको व्यवस्था हुनुपर्ने बताए । लकडाउन र निशेधाज्ञाले व्यवसायीको मनोबल कम बनेर आत्महत्या सम्मका घटना हुनु दुःखद भएको बताए । कहिलेसम्म आत्मबल दह«ो बनाएर बस्नु, अब मनोबल कमजोर हुने अवस्था आईसक्यो । सरकारले बुझेन के गर्ने ? यातायात टाईम्ससंगको कुराकानीमा अध्यक्ष कर्माचार्यले गुनासो गरे ।

यातायात टाइम्ससंगको कुराकानीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष एवं नेपाल गणतान्त्रिक यातायात व्यवसायिक मञ्चका केन्द्रीय अध्यक्ष डोलनाथ खनालले लामो समयसम्म व्यवसाय धरासायी बनेपछि यातायात व्यवसायीहरू तड्पिए पश्चातको परिणाम भएको बताए । व्यवसायीको समस्या समाधान गर्न सरकार सकारात्मक बन्नुपर्छ । अझै यस्तै अवस्था रहिरहे अवस्था भयावह बन्न सक्छ ।

सरकारले बलियो आधार तयार गरेर लामो तथा छोटो दुरीको यातायात सञ्चालन गर्ने वातावरण बनाउनु पर्नेमा यातायात व्यवसायीहरूले जोड दिएका छन् ।
अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष रामचन्द्र कार्कीले दैनिक श्रम गरेर खाने वर्ग बढी पीडित भएर आत्महत्या सम्मका घटना घट्न थालेको बताए ।

”यस्तै अवस्था कायम भए अझै भयावह स्थिति आउन सक्छ । त्यसैले कोरोनासंग लड्दै अब सबैले आ(आफ्नो काममा फर्कनु पर्छ ।“ उनले भने ।
सरकारले कोही भोक भोकै छ कि भनेर कहिल्यै हेर्यो ? खाली जेलमा थुने जसरी घरमा थुन्दा मान्छे कुन अवस्थासम्म जान सक्ला कहिल्यै बिचार गर्यो ? कार्कीले आक्रोश पोखे ।