भक्तपुरमा किक बक्सिङ प्रशिक्षक सम्मानित

0

भक्तपुर । भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रको प्रवर्द्धन तथा खेलाडीहरूको उत्साहवर्द्धन गर्ने उद्देश्यले आयोजित विशेष कार्यक्रममा खेलाडी, रेफ्री तथा अन्तर्राष्ट्रिय पदक विजेताहरूलाई सम्मान गरेको छ।

उक्त कार्यक्रममा भक्तपुरका पाँच जना किक बक्सिङ प्रशिक्षकहरू पनि सम्मानित भएका छन्। सम्मानित हुने प्रशिक्षकहरूमा रोहित मानन्धर, सचिदानन्द बनेपाली, दिपेन्द्र व्यान्जु, चन्द्रकृष्ण प्रजापति तथा हरिकृष्ण प्रजापति रहेका छन्।

नगरपालिकाले विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै खेल क्षेत्रको विकासमा योगदान पुर्‍याउने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीहरूलाई सम्मान गरेको जनाएको छ।

कार्यक्रममा खेलकुदको विकास, युवाहरूलाई खेलप्रति आकर्षित गर्ने वातावरण निर्माण तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भक्तपुरको पहिचान स्थापित गर्न योगदान दिने व्यक्तित्वहरूको उच्च मूल्यांकन गरिएको थियो।