भक्तपुरमा छोराको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका–९, भातेढिकुर चोकमा बसोबास गर्दै आएकी उदयपुर घर भएकी ४० वर्षिया मेघिया चौधरीलाई उनका २४ वर्षिय छोरा किरण चौधरीले कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएकी मेघियाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुले जानकारी दिए ।
घटनामा सङ्लग्न आरोपित किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।







































