ह्याङ्ला आदिवासी तामाङ् समाजद्वारा खेलाडी सम्मानित

1394

भक्तपुर । ह्याङ्ला आदिवासी तामाङ् समाज तथा आदिवासी युवा तथा खेलकुद समितिले भक्तपुरमा सितेरियो कराँतेका खेलाडीलाई सम्मान गरेको छ । भक्तपुरमा एक कार्यक्रम गर्दै समाजले २०७४ जेष्ठ ३० गते देखि असार ३ गते सम्म काठमाण्डौंको रगंशालामा संञ्चालित ब्ल्याक बेल्ट ग्रेडिङ्मा पहिलो, दोस्रो एवं तेस्रो डान सफलतापुर्वक उत्तिर्ण गर्ने खेलाडीलाई प्रमाण पत्र सम्मान एवं वधाई दिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल कराँते महासंघ तथा सितेरियो कराँते संघका अध्यक्ष दावा गुरुङ्ले खेलाडीले डान लियर घरमा राख्नु भन्दा खेलको विकासमा नै योगदान दिनु प्रथमिकता भएको वताउनुभयो । उहाँका अनुसार यदि कुनै पनि डान लिएको खेलाडीले उक्त डान अन्तर्गत नयाँ खेलाडी प्रशिक्षण वा राष्ट्रिय खेलमा संलग्न हुन्न भने उक्त डानको औचित्य नभएको वताउनुभयो ।
यस्तै कार्यक्रममा वोल्दै कार्यक्रमका वरिष्ठ अतिथि ह्याङ्ला आदिवासी तामाङ् समाजका केन्द्रिय अध्यक्ष कर्मालोप्साङ् लामाले खेल खेल्नु भन्दा पनि खेलमा स्थाईत्व दिनु ठुलो कुरा भएको वताउनुभयो । उहाँक अनुसार हाल देशमा विभिन्न कारणले गर्द खेलाडीले स्थाईत्व दिन नसक्दा खेल क्षेत्र नै धारासाही भएको छ यसको विकास एवं स्थाईत्वको लागि सवैले आफ्नो क्षेत्रवाट योगदान गर्नु पर्ने र नयाँ खेलाडीले पनि आफु स्थाईत्व दिन सक्छु भन्ने भए मात्र खेलमा होमीनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सिद्दि स्मृति प्रष्ठिानका अध्यक्ष श्याम सुन्दर घौभडेल, राष्ट्रिय खेलकुद परिष्दका सहायक प्रशिक्षक एवं वरिष्ठ कराते प्रशिक्षक राजेन्द्र कपाली , भक्तपुर सितेरियो कराँते संघका बरिष्ठ प्रशिक्षक रोशन प्रजापती र मनोज हाडा , ह्याङ्ला आदिवासी सेखकुद समिति उपाध्यक्ष ईन्दिरा शर्मा, राष्ट्रिय तथा अन्तिराष्ट्रिय सेलाडी संघका सचिव कराँते प्रशिक्षक एवं अन्तराष्ट्रिय खेलाडी रामशरण त्वाती , नेपाल कराँते महासंघ कार्यालय सचिव रजेन्द्र क्षेत्री , कराँँते सुवचिन्तक एवं समाज सेवी रविन्स लामा , सितेरियो कराँते संघका प्रबत्ता ईश्वर थापा , बरिष्ठ कराँते प्रशिक्षक एवं नार्गाजुन नगरपालिका १ रानीवनका प्रशिक्षक मधु लामा , नेपाल तामाङ्ग घेदुङ्ग संघ भक्तपुर जिल्ला सदस्य विर वहादुर घिसिङ्ग लगायतका अतिथिले खेल विकास एवं स्थाईत्वमा सवैको साथ चाहिनेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा निम्न खेलाडीहरुलाई डान सहित सम्मान गरिएको थियो ।

तेस्रो डानवाट सम्मानित हुने
राजु बजिखों

दोस्रो डानवाट सम्मानित हुनेमा

कृण राम जाकिवंजार
हरि कृष्ण प्रजापती
राजिव रञ्जीत
सचि बनेपाली
करुणा श्रेष्ठ
खड्ग तामाङ्
एरिस शर्मा
बिल वहादुर तामाङ्
युनिश लामा
प्रविण तामाङ्
प्रेम सुनुवार
कविता राजचल
विसाल सुवाल
अनिल श्रेष्ठ
प्रलिण श्रेष्ठ
शिरिष पुवा श्रेष्ठ रहेका छन् ।

यस्तै सो डान अर्थात पहिलो डान प्रप्त गर्नेमा

दिपेश राई
विसाल तामाङ्
शान्ति तामाङ्
पुजन लामा
प्रकाश वहादुर शाही
रोजित रञ्जीत
प्रेशिका बज्राचार्य
सरिता तामाङ्
दिलिप खाकी
काली लिम्बु
दिनेश तामाङ्
रक्षा गुरुङ्
शेर वहादुर बुढाथोकी र
अस्मिता थापा रहेका छन् ।