दर्ता बिनै भक्तपुरमा क्यान्सर सेन्टर सञ्चालन

1277

ताथली । क्यान्सर रोगको उपचारका लागि अत्याधुनिक सेवा र सुविधा सहित चाँगुनारायण नगरपालिका वडा नंम्वर ९ ताथलीको फैढोकामा नयाँ अस्पताल खुलेको छ ।

भक्तपुर ताथली नाला रोडमा काठमाण्डौं क्यान्सर सेन्टरका नाममा अस्पताल खुलेको भएपनि हाल सम्म उक्त अस्पताल बैधानिक रुपमा दर्ता भएको छैन ।

गत वर्ष २०७३ पुस महिना देखि नै उक्त क्यान्सर सेन्टर संचालनमा रहेता पनि हाल सम्म उक्त अस्पताल अवैधानिक रुपमा नै संचालनमा रहेको छ ।

हाल उक्त अस्पतालमा अत्याधुनिक उपकरण लिनिएर एक्सिलिरेटर र सिटी सिकुलेटर सहितका सुविधा सम्पन्न उपकरण एवं प्रविधी रहेको अस्पतालका कन्सल्टेन्ट आर्काेलोजिष्ट डाक्टर सिमित सापकोटा वताउँछन् , उनका अनुसार अस्पताल खुलेसँगै रेडियोथेरापीका लागि कुनै पनि विरामी विदेशीनु नपर्ने समेत वताए ।

अस्पतालमा सीटी सिमुलेटर, आई एम आर टी, भी एम ए टी, ३ डी–सी आर टी, इलेक्ट्रोन बिम थेरापी, टोटल बडी (टीबीआई) र हेमीबडी इरेडियसन केमोथेरापी, डायग्नोष्टिक सीटी स्क्यान, एक्स–रे, कम्प्रिह्यान्सिभ प्याथोलोजी ल्याब, काउन्सिलिङ, पेन म्यानेजमेन्ट, पेलिएटिभ केयरलगायतका सेवा रहेको डा सापकोटाले बताए ।

अस्पतालमा क्यान्सर उपचारका लागि चाहिने सवै किसिमका उपकरण एवं सेवा भएपनि उक्त अस्पताल भने अवैधानिक रुपमा संचालन रहँदा सेवा लिन अलमल भएको सेवा ग्राहि वताउँछन् । अस्पतालमा सवै सेवा त रहेछ तर अस्पताल नै अवैधानिक रुपमा सँचालित छ यदि अस्पतालको सेवामा केहि भएमा कसले जिम्मेवारी लिने कुनै निकाय नै छैन ।

नेपालमा क्यान्सर रोग बढ्दो अवस्थामा रहँदा भक्तपुरमा नै अर्को सुविधा सम्पन्न रुपमा क्यान्सर रोगको उपचारका लागि अस्पताल खुल्नु राम्रो भएको उपभोक्ता वताउँछन् ।

ताथलीमा सँचालनमा रहेको काठमाण्डौं क्यान्सर सेन्टर डा अञ्जनीकुमार झाको लगानिमा स्थापन भएको हो ।