ब्यक्तिको बगैंचामा वृक्षरोपण गर्न मेयर

2590

भक्तपुर । सार्वजनिक स्थानमा वृक्षरोपण गर्दा विरुवा जोगाउन कठिन हुने भन्दै सुर्यविनायक नगरपालिकामा ब्यक्तिको घरमा वृक्षरोपण गरिएको छ ।

सुर्यविनायक नगरपालिका वडा नंम्वर ८ नयाँ बस्तीमा सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले ब्यक्तिका घरमा वृक्ष रोपण गरेका हुन् ।


एक घर एक विरुवाको नाम दिदै उनले आज विहान स्थानिय बद्रि भट्राईको बगैंचामा उप मेयर जुना बस्नेत , वडा अध्यक्ष किरण थापा सहितका सहभागीले  विरुवा रोपेर उक्त कार्यक्रमको उद्घाटन गरेको हो ।

सुर्यविनायक सामुदायिक वन , सेतीदेवी सामुदायिक वन , तौडोल छाप सामुदायिक वनको एक लाख ९५ हजार रुपैयाँ रकमान्तरण गर्दै नगरपालिकाले एक घर एक विरुवा निती ल्याएको प्रति सामुदायिक वनका उपभोक्ताले भने विरोध जनाएका छन् ।


मेयर समेत सहभागी कार्यक्रममा कुनै ब्यक्तिको घरमा गएर वृक्षरोपण गर्नु अनुपयुक्त भएको स्थानिय वोज वहादुर थापाले वताउनुभयो । उहाँका अनुसार कसैको कम्पाउन्ड भित्र कार्यक्रम राख्नु भन्दा सार्वजनिक स्थानमा उक्त कार्यक्रम गर्नु पर्नेमा त्यस्तो नभएको र उक्त कार्यक्रममा सामुदायिक वनका कसैलाई पनि जानकारी नहुनु अचम्मको कुरा भएको उहाँले वताउनुभयो ।


यस्तै स्थानिय सानु कान्छा आलेमगरका अनुसार सामुदायिक वनको पैसालाई यसरी रकमान्तरण गरि एक घर एक रुखको अवधारण ल्याएको त राम्रो हो तर के उक्त कार्यक्रम सार्वजनिक स्थलमा गर्न सकिन्न थियो त उहाँले प्रतिप्रश्न गर्नुभयो । उहाँका अनुसार यसरी ब्यक्तिको घरमा सार्वजनिक कार्यक्रम राखेर स्थानिय निकायको खिल्ली मेयर स्वयमले नै उडाएको आरोप समेत लगाउनुभयो । कार्यक्रम गर्नु नराम्रो हैन तर उक्त कार्यक्रम सार्वजनिक स्थानमा गरि सम्पुर्ण उपभोक्त एवं स्थानियलाई पनि खवर भएको भए उक्त कार्यक्रम राम्रै हो ।

वृक्षरोपण सार्वजनिक स्थलमा गर्दा कसैको चासो पनि नजाने र जोगाउन कठिन  भएका कारण ब्यक्तिको घरमा नै उक्त वृक्षरोपण कार्यक्रम गरिएको सामुदायिक वन उपभोक्ता महांसघंका भक्तपुर अध्यक्ष रामेश्वर वोहरा वताउनुहुन्छ । सार्वजनिक स्थलमा कार्यक्रम गर्दा उक्त कार्यक्रम कार्यक्रम मात्र हुने तर त्यही कार्यक्रम ब्यक्तिको बगैंचामा गर्दा उक्त विरुवा संरक्षण भएपनि हुने भएका कारण उक्त स्थानमा गरिएको उहाँको भनाई थियो ।

सुर्यविनायक नगरपालिका वन र वातावरणको नामको बजेटलाई रकमान्तरण गर्दै नगरपालिकाले एक घर एक रुखको निती अवलम्वन गरे सँगै आज वृक्षरोपण गरिएको सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले वताए । उनका अनुसार एक घर एक रुख मात्र हैन अव एक घर दुई रुखको अवधारण ल्याउनु पर्दछ र जुन घरमा रुख रोपिएको हुन्न त्यस घरलाई निर्माण सम्पन्न पनि नदिने उहाँको भनाई थियो ।