तामाङ समुदायको बृहत साँस्कृतिक धमाका भाद्रमा

1777

 भक्तपुर । तामाङ भाषा, कला, संस्कृति, साहित्य र धर्मको रक्षाका लागि तामाङ फाउन्डेसन नेपालले काठमाण्डौंमा बृहत साँस्कृतिक धमाका गर्ने भएको छ ।

तामाङ फाउन्डेसन नेपालको एतिहासिक घोषणा  सभा तथा बृहत साँस्कृतिक धमाका गर्न लागिएको फाउन्डेसनका अध्यक्ष अरुण घिसिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्पुर्ण तामाङ एक हौं भन्ने नाराका साथ उक्त कार्यक्रम आगामी भाद्र ९ गते काठमाण्डौंको जमल स्थित नाच घरमा गर्न लागिएको हो ।

कार्यक्रममा तामाङ भाषा साहित्य कला सँस्कृति झल्कीने विभिन्न झाँकी एवं गित संगितको आयोजना गरिने घिसिङले जानकारी दिनुभायो ।

कार्यक्रममा तामाङ समुदायका ख्याती प्राप्त कलाकार एवं विशिस्ट कलाकरहरुको वेजोड प्रस्तुती रहने छ ।