चूडामणि शर्माको मुद्दा यथास्थितिमै राख्न सर्वोच्चको आदेश

403

काठमाडौं – सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्माको मुद्दालाई यथास्थितिमै राख्न आदेश दिएको छ ।

न्यायाधीशहरु चोलेन्द्र शमसेर जबरा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले विशेष अदालतमा दायर भएको चुडामणि शर्मा विरुद्धको मुद्दा यथास्थिति मै राख्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले बताए ।

साथै रिट निवेदनमा उठेको गम्भीर कानूनी प्रश्नको निराकण गर्न उक्त मुद्दालाई पूर्ण इजलासमा पेश गर्नको लागि पनि आदेश दिइएको छ । अब उक्त मुद्दा सर्वोच्चको पूर्ण इजलासमा जाने छ । विशेष अदालतमा चलेको मुद्दा चाहिँ यथास्थितिमै रहने छ ।

शर्मा भने अख्तियारकै थुनामा रहने छन् । शर्माकी पत्नीले आफ्ना पतिलाई गैह्रकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

शर्मामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर छुट प्रकरणमा अनुसन्धान गरिरहेको छ ।