सडकमा हिँडिरहेका २ जना पहिरोले पुरिएर बेपत्ता

78

गुल्मी । गुल्मी जिल्लाको इश्मा गाउँपालिका वडा नं २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रात डाँडाको सडक खण्डमा बाटो हिँडिरहेका दुई जना पहिरामा पुरिएर बेपत्ता भएका छन् ।

सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिँडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् ।

सडकमा हिँडिरहेका अर्का एक जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।