सुनको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

140

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार नेपाली बजारमा आज सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज नेपाली बजारमा चाँदी प्रतितोला ९० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।