Home मनोरञ्जन

मनोरञ्जन

सुस्मिता र सुवासको आवाजमा ‘चु ल्हुई’ सार्वजनिक, नायक सञ्जय लामा र तारा थोकरको अभिनय

काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको 'चु ल्हुई' सार्वजनिक भएको छ ।  म्युजिक भिडियोमा तामाङ चलचित्र क्षेत्रका स्थापित...

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको ‘पहाड भो मलाई यो उमेर काट्न’ सार्वजनिक

काठमाडौँ  । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न ...’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार दिनेश...

डीपीको शब्द, बादलको संगीतमा ‘धानको बाला’   ( भिडियो )

काठमाडौँ— गायक भुपु लिम्बुको स्वरमा सजिएको नयाँ गीत ‘धानको बाला' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मौलिक स्वाद र भावनात्मक प्रस्तुतीसहित तयार पारिएको यो...

टेकम पाण्डे ‘जिज्ञासु’को शब्दमा  ‘सारङ्गीको साथी’ बजारमा

काठमाडौं  । रमेश शेसी र सरिता गोतामे महारको स्वर ‘सारङ्गीको साथी’ सार्वजनिक भएको छ । जीवनका संघर्ष, पीडा र संवेदनालाई सारङ्गीको मर्मस्पर्शी धुनसँग समेटदै...

गणेश खड्काको “तिमी पुग्यौ धेरै टाढा” बजारमा

तिमी पुग्यौ धेरै टाढा हिँड्नेलाई बाटो रै’छ छोडी गयौ सबै आफ्ना बस्नेलाई माटो रै’छ! यी हरफहरु भर्खरै सार्वजनिक भएको म्युजिक भिडियो “तिमी पुग्यौ धेरै टाढा”...

अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन् । सुमधुर आवाज र...

दोलखाको च्छो रोल्पा र दुध कुण्डमा छायांकन गरिएको सुरेश कुँवरको ‘सोच’ सार्वजनिक

काठमाण्डौं । र्यापर सुरेश कुँवर ‘भिलेन–३९’ को नयाँ गीत ‘सोच’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। आर एन्ड बी शैलीको यस गीतका शब्द तथा संगीत...

लक्ष्चु र सजिनाको रोमान्टिक केमेस्ट्री ‘सालघारी बनमा’ ( भिडिओ )

काठमाडौं — गायक प्रविन बज्राचार्यको  स्वरमा नयाँ प्रेमगीत ‘सालघारी बनमा’ सार्वजनिक भएको छ। गीतले प्रेम, भावना र प्रकृतिको सुन्दर मिश्रण प्रस्तुत गर्दै नेपाली संगीतप्रेमीको...

परान’ चलचित्रप्रति सबै आकर्षित: सिभिल मलमा के एल दुगड ग्रुपको कर्पोरेट शो

नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै देशभरका हलहरूमा दर्शकको भिड लागेको छ । दोस्रो हप्तामा पनि चलचित्रले उल्लेखनीय दर्शक उपस्थिति कायम राखेको छ । सामाजिक सञ्जालमा दर्शकहरूले फिल्मको कथा, अभिनय र भावनात्मक प्रस्तुतीको प्रशंसा गरिरहेका छन् । यही उत्साहबीच के एल दुगड ग्रुप परिवारले शुक्रबार साँझ सुन्धारास्थित सिभिल मलमा ‘परान’ को विशेष कर्पोरेट शो आयोजना गरी आफ्ना कर्मचारीहरूलाई सामूहिक रूपमा चलचित्र हेर्ने वातावरण मिलाएको हो । ‘परान’ नेपाली समाजको पारिवारिक परिवेशमा आधारित हृदयस्पर्शी कथा हो । यसमा जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको भावनात्मक यात्रा देखाइएको छ । चलचित्रले बाबुआमाले बुढेसकालमा सन्तानसँगको सामीप्य चाहँदा सन्तानले आफ्ना आकांक्षालाई प्राथमिकता दिँदा उत्पन्न हुने भावनात्मक दूरीलाई यथार्थ रूपले चित्रण गरेको छ । चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह शीर्ष भूमिकामा रहेका छन् । नेपाली फिल्म उद्योगमा अभिनयका ‘भीष्मपितामह’ भनेर परिचित शाहले लामो समयपछि मुख्य भूमिकामा पुनरागमन गरेकाले चलचित्रमा विशेष चासो र आकर्षण बढेको हो । सबै उमेरका दर्शकका लागि सन्देशमूलक र भावनात्मक कथा बोकेको यो चलचित्रले पारिवारिक दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । के एल दुगड ग्रुपका अनुसार, यस किसिमका सामूहिक सांस्कृतिक क्रियाकलापहरूले कर्मचारीबीच आपसी सम्बन्ध, आत्मीयता र सकारात्मक उर्जा सुदृढ गर्न मद्दत गर्छन् । समूहले सांस्कृतिक अभिवृद्धि र मनोरञ्जनलाई संस्थागत रूपमा प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता पनि दोहोर्याएको छ ।

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान

पोखरा  । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य...