‘छाता ओढाइदेउन’ भन्दै आए रमेश र रस्ना
काठमाडौं – गायिका रस्ना पौडेल र गायक तथा संगीतकार अर्जुन पोखरेलको युगल गायनमा रहेको 'छाता ओढाइदेउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ शैलीको यस...
जिल्ला प्रशासन कार्यालयले पहिलो पटक गैर आवासीय नेपालीलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्यो
प्रेमचन्द्र झा
रौतहट– जिल्ला प्रशासन कार्यालयले सोमबार पहिलो पटक एक गैर आवासीय नेपालीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रचलित कानुन...
प्रगति युवा समाजको पुन: गठन
भक्तपुर । भक्तपुर ताथलीकाे प्रगति युवा समाजकाे पुनः गठन भएकाे छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सक्रिय हुँदै विभिन्न सामाजिक, सांस्कृतिक र...
चर्चित धावक रोकायालाई २५ हजार राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान-२०८१’ प्रदान गरिने
काठमाण्डौं। कागेश्वरी मनोहरा ९ काँडाघारीको उज्ज्वल तारा स्कुलले अल्ट्रा म्याराथुन धावक हरि बहादुर रोकायालाई २५ हजार ५५५ रुपैयाँ राशी सहितको ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’...
अरनिको माविका विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण
भक्तपुर । सूर्यविनायक न.पा ४ गाम्चास्थित अरनिको माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गर्दै आइरहेको छ । छात्रवृत्ति वितरणकै क्रममा अरनिको माविका पूर्व व्यवस्थापन...
चाँगुनारायणका विद्यालयहरुमा ज्येष्ठ नागरिक र विद्यार्थीहरुबीच अन्तरपुस्ता संवाद तथा अन्र्तक्रिया कार्यक्रम शुरु
चाँगुनारायण, भक्तपुर
चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखासंंगको साझेदारीमा सञ्चालित स्वस्थ बुढ्यौली (सहारा) परियोजना अन्तर्गत वडास्तरमा गठित ज्येष्ठ नागरिक...
कोन्ज्योसोमले निःशुल्क रेविज रोग विरुद्ध खोप अभियान सञ्चालन गर्ने
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले निःशुल्क रेविज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
विश्व रेविज दिवस सेप्टेम्बर २८ लाई मध्यनजर गर्दै गाउँपालिकाले अवरोध...
‘कनेक्टिङ कर्णाली’ अन्तगर्त काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
काठमाडौं : मनघरी फाउण्डेशनको आयोजनामा आजदेखि काठमाडौंको नयाँ वानेश्वोरमा मुगुका तस्वीर र भिडियोका साथै स्थानीय सामग्रीको प्रदर्शन सुरु भएको छ ।
शब्द, दृश्य, चित्र र उत्पादनका...
परोपकारिताको क्षेत्रमा हेड्स नेपाल थप सक्रिय हुने
सामाजिक सेवा दिवसको अवसर पारेर आज परोपकारी संस्था हेड्स नेपालले ३१ औ बार्षिक साधारण सभा, अन्तरक्रिया कार्यक्रम र स्वास्थ्य प्रवर्धन कार्यक्रम काठमाडौँको ढुंगेधारामा सञ्चालन गरेको छ । कार्यक्रममा अभिभावकहरु, संस्थाका सदस्यहरु र समाजका अगुवाहरुको सहभागिता रहेको महासचिव दिव्यराज पौडेलले जानकारी दिनुभयो ।
साधारण सभाको समुद्घाटन गर्दै पूर्व प्रधानमन्त्री, डा. बाबुराम भट्टराईले स्वास्थ्य, शिक्षा, कृषि र विपद जस्ता क्षेत्रमा संस्थाले पुर्याएको योगदानको सह्राना गर्दै सरकारले गर्नुपर्ने काम कुनै एक संस्था एक्लैले गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो ः राज्य संयन्त्रले नै सामाजिक आवश्यकाता परिपूर्ति गर्नुपर्दछ, संस्थाहरुले त सहयोग गर्ने मात्रै हो । डा. भट्टराईले हेड्स विशेष स्मारिकाको लोकार्पण पनि गर्नुभयो ।
कार्यक्रममा पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्रीले राजनीतिक दल र नेताहरुले सुशासनको प्रत्याभूति दिनुपर्ने बताउनुभयो । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका यूवाहरुले जलबायू परिवर्तनसँगै वढ्ने तापमानको अवस्थामा अभिभावकहरुले गर्नुपर्ने सावधानीको लागि भूभिका प्रदर्शन गरेका थिए ।
मानव सेवा आश्रम, मानवता महाअभियानका रामजी अधिकारी, त्रिभुवन विश्वविद्यालय, आयूर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. राम आधार यादव, निवर्तमान अध्यक्ष इश्वर चन्द बानियाँ, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाल लगायतले स्वास्थ्य, शिक्षा तथा समाजसेवाका विविध आयाममा चर्चा गर्नुभएको थियो ।
समाजसेवामा संस्थामार्फत् योगदान दिनुहुने इन्द्र प्रसाद पोखरेल, कृष्ण कुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ र विष्णु गौतमलाई सम्मान गरिएको थियो ।
शिक्षा, स्वास्थ्य, कृषि र विपद्को क्षेत्रमा सक्रिय हेड्स नेपालले सामुहिक सङ्कल्प र स्रोत व्यवस्थापनले परोपकारिताको अभिलाषालाई परिपूर्ति सकिन्छ भन्ने विश्वास राखेको महासचिव पौडेलले जानकारी दिनुभयो । गतिशील संगठन, आर्थिक दिगोपन र सहकार्यमा आधारित परोपकारिताको सोँचबाट संस्थाले प्रथम पञ्चबर्षीय योजना सार्वजनिक गरेको छ । योजना मुताविक संस्थाले परोपकारिताको क्षेत्रमा स्थानीय निकायसँग सहकार्य गर्ने भएको छ ।
धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
धादिङ । शुक्रबार धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेर १६ मिनेटमा धादिङको चैनपुर आसपास केन्द्रबिन्दु...


















































