उदयपुर / उदयपुरको कटारी नगरपालिका-४ सिद्धिचरण लोकमार्गमा बुधवार ट्रककोठक्करबाट १ बालकको मृत्यु भएको छ । बिहान करिब सवा ११ बजे मिर्चैयाबाट ओखलढुंगातर्फ जाँदै गरेको गरेको ना ४ ख ८८९८ नम्बरको ट्रकले सडकमा हिँडीरहेको अवस्थामा कटारी नगरपालिका-५ सिसाघारी बस्ने दिल बहादुर राईको छोरा बर्ष ५ को मौसम राईलाई ठक्कर दिएको थियो । ठक्करबाट बालकको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक मकवानपुर
हेटौँडा नगरपालिका-१ बस्ने बर्ष २४ को दिनेश भन्ने बल बहादुर तामाङलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।











































