नागार्जुन नगरपालिकाको विशेष नगरसभा सम्पन्न

270

काठमाडौं । नागार्जुन नगरपालिकाको विशेष नगरसभा सम्पन्न गरेको छ ।
नगरपालिकाको सञ्चालित योजना निर्धारित समयमा नै सम्पन्न गर्ने गरी सोमवार चौथौ विशेष नगरपालिकाले सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अथिति सांसद
विशेष नगरसभाको उद्घाटन गर्दै सांसद कृष्णगोपाल श्रेष्ठले विकास निर्माणमा नागार्जुन नगरपालिका अब्बल साबित हुनुपर्नेमा बताउनुभयो ।
उहाँले नागार्जुन नगरपालिकामा फरक÷ फरक राजनीतिक दलले निर्वाचन जिते पनि विकास निर्माणमा भने समन्वय भएर काम भएको भन्दै अबको तीन वर्षमा नगरपालिको विकास निर्माणमा फड्को मार्ने हुनु उदारणीय भएको प्रष्ट पार्नुभयो ।
उहाँले स्थानीय तहका जनप्रतिनिधिको कार्याकाल करिब दुई वर्ष सकिन लागेको भन्दै अबको तीन वर्षमा विकास निर्माणको कामलाई तिब्रता दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै कार्यक्रममा
जीवनराम श्रेष्ठ र रामवीर मानन्धरले विकास नागाजुर्न नगरपालिकाले तीनै तहका योजनाका बारेमा आवश्यक समन्वय गर्नुपर्ने बताउनुभयो ।

नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले नागार्जुन नगरपालिकामा स्थानीय तहको निर्वाचनपछि विकास निर्माणको कामले तिब्रता आएको दाबी गर्नुभयो । अबको तीन वर्षमा नगरपालिकाको मुहार फेरिने गरी सबै जनप्रतिनिधि र कर्मचारीले विकास निर्माणको काममा दिनरात खटिएको बताउँदै विकास निर्माणमा सबैले साथ दिनुपर्ने बताउनुभयो ।

नगरपालिकाले गत साउनदेखि अहिलेसम्म दुई हजार ३८२ मिटर सडक ढलान सम्पन्न गरिएको, एक हजार ३०१ मिटर सडक कालोपत्रे, एक हजार ८९३ मिटर नाली निर्माण, चार हजार १०८ मिटर सडकमा ब्लक विच्छाउने काम, एक हजार ८३८ मिटर ढल व्यवस्थापन, ६ वटा डिप बोरिङ र खानेपानी ट्याङकी निर्माण गरिएको, १३ हजार १४६ मिटर पाइब बिच्छाइएको सम्पन्न भएको नगरसभामा प्रस्तुत गरिएको थियो ।

त्यस्तै नगरपालिकाको विषयगत शाखा अन्तर्गत शिक्षाको ९ वटा योजना सम्पन्न भएको, स्वास्थ्यको १९, महिला तथा बालबालिकाको १३ वटा, कृषिको १९ र पशु स्वास्थ्य सेवाको १३ वटा योजना सम्पन्न भएको छ । नगरपालिकामा सञ्चालित करिब पाँच सय वटा योजनामध्ये अन्य योजना उपभोक्ता समितिसँग र ठेक्का प्रक्रियाबाट सम्झौता भइ काम भइरहेको नगर प्रमुख बस्नेतले बताउनुभयो ।
नगरपालिकाको चालु आर्थिक वर्षका लागि ८६ करोड, ३७ लाख ४९ हजार रुपियाँ बिनियोजन गरेको छ ।