हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौडा उपमहानगरपालिका–१९, नेवारपानीमा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकलमा लमजुङ घर भई मकवानपुरको बकैया गाउँपालिका बस्ने २१ वर्षीय गोविन्द थोकर रहेका छन्। दुर्घटनामा बकैया गाउँपालिका–५ राजदमारका १९ वर्षीय चन्द्र बाँनिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। थोकरको घटनास्थलमै मुत्यु भएको थियो ।
मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको बा. ९ च ८५६२ नम्बरको कारले सोही दिशातर्फ गइरहेको ना १२ प ८४७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। कारको ठक्करबाट उछिट्टिएको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना ६ ख ४९ ६६ नम्बरको ट्रकमा ठक्कर खाएको प्रहरीले जनाएको छ।







































