शुभम पावरको सर्वसाधारणलार्इ आइपिओ, प्रभावितले नकिनेको शेयर पनि निष्कशन गरिने  :: BIZMANDU

283


काठमाडौं। शुभम् पावरले सर्वसाधारणको लागि ५ करोड ८० लाख ५८ हजार रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र पत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले प्रभावित क्षेत्रका लागि निष्काशन गर्दा नविकेको एक करोड ८० लाख ५८ हजार रुपैयाँको प्राथमिक शेयरलार्इ पनि यसैमा समावेश गरेको छ। 

कम्पनीले प्रभावित क्षेत्रका वासिन्दाको लागि दुर्इ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेकोमा जम्मा १९ लाख ४२ हजार रुपैयाँको मात्रै बिक्री भएको थियो। सबैभन्दा खराव रेटिङ प्राप्त गरेको कम्पनीले लामो समयसम्म प्रतिफल दिन नसक्ने हुँदा प्रभावित क्षेत्रका वासिन्दा आकर्षित भएनन्। प्राथमिक लगानी फिर्ता पाउन पनि साढे ८ वर्ष कुर्नु पर्छ। 

कम्पनीको एक मेगावाट क्षमताको लोअर पिलुवा खोला हाइड्रोइलोक्ट्रिक प्रोजेक्ट निर्माण सम्पन्न भएर व्यावसायिक उत्पादन सुरु गरिसकेको छ। पहिलो चरणमा संस्थागत लगानीकर्ताले पूँजी परिचालन गर्न नसकेपछि सन् २०१५ मा नयाँ संचालक आएर पूँजी इन्जेक्ट गरेका थिए। नयाँ प्रमोटर आएसँगै सन् २०१६ देखि नै विद्युत विक्री गर्न थालिसकेको छ। 

वित्तीय अवस्था तथा प्रतिफलका हिसावले कम्पनीमा गरिएको लगानी सबैभन्दा धेरै जोखिम देखिएकोले लगानीकर्ता आकर्षित हुन नसकेका हुन्। 




शुभम पावरको सर्वसाधारणलार्इ आइपिओ, प्रभावितले नकिनेको शेयर पनि निष्कशन गरिने  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link