भक्तपुरः मध्यपुरथिमिको सानोठिमीमा एक युवा मृत अवस्थामा फेला परेका छन् ।
शनिबार बिहान ६ बजे मध्यपुरथिमि नगरपालिका वडा नं. २ सानोठिमी संगमचोक बस्ने १८ वर्षीय अनिश भण्डारी मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार उनी आफ्नै ३ तले पक्की घरको भुई तलाको आफु सुत्ने कोठाको पंखा झुण्ड्याउने हुकमा सलको पासो लगाई झुण्डिएको अवस्था फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशील कुमार पाण्डेले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र थप अनुसन्धान भइरहेको उनले बताए ।







































