भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ हजार रुपैयाँ घुससहित जनपद प्रहरीका जवान उमेश कुमार थापालाई पक्राउ गरेको छ ।
आयोगको टोलीले भक्तपुरको राधेराधेबाट भक्तपुरको दधिकोट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान थापालाई अठार हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेकोे अख्तियारको टोलीले जनाएको छ ।
एक सेवाग्राहीबाट केही दिनअघि भएको मोटरसाइकल दुर्घटनाको उजुरीलाई मिलाई दिन्छु भन्दै घुस लिएका थिए । घुसको रकम लिँदैगर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ परेका थापालाई थप अनुसन्धानका लागी अख्तियारले हिरासतमा राखेको छ ।







































