घरेलु मैदानमा भएको खेलमा स्वीडेनले पहिलो हाफमा इटालीलाई गोलरहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा भ्रमण टोली इटालीले गोल खायो ।
६१ औं मिनेटमा याकोव याहानसनले गरेको गोल नै स्वीडेनको जितमा निर्णायक बन्यो । पहिलो लेगमा जित निकालेको स्वीडेनको छनौट हुने सम्भावना बलियो भएको छ ।
दोस्रो लेग आउँदो सोमबार इटालीमा हुनेछ । इटालीका लागि विश्वकपमा स्थान बनाउका लागि दोस्रो लेगमा जित अनिवार्य छ । स्वीडेन भने बराबरी गर्न सकेमा मात्रै पनि विश्वकपका लागि छनौट हुनेछ ।
